PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

मेला हेर्न आएका भारतीय किशोरको साथमा नक्कली नोट, प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्दै



पहिलोपोस्ट

मेला हेर्न आएका भारतीय किशोरको साथमा नक्कली नोट, प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्दै
प्रतीकात्मक तस्विर।

सिरहा : सिरहामा प्रहरीले नक्कली नोटसहित भारत घर भएका एक किशोरलाई पक्राउ गरेको छ।

बरियारपट्टी गाउँपालिका-१ बडहरीबाट नेपाली रूपैयाँ ५ सय दरको ४ थान नक्कली नोटसहित भारत घर भएका १९ वर्षीय राजु सहनीलाई आइतवार राति प्रहरीले पक्राउ गरेको हो।

बडहरीस्थित दशगजामा लागेको ईन्द्र पूजा मेला हेर्न आएका राजुलाई प्रहरी चौकी कचनारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट नक्लकी नोट फेला गरेको थियो। साथै प्रहरीले उनी सवार बीआर ३२ एएफ ५१०१ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell