PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

जिल्ला सभापतिमा पराजित कांग्रेस नेता यादव एमालेमा प्रवेश



पहिलोपोस्ट

जिल्ला सभापतिमा पराजित कांग्रेस नेता यादव एमालेमा प्रवेश

जनकपुरधाम : नेपाली कांग्रेस धनुषाका नेता सन्तोष कुमार यादव नेकपा (एमाले)मा प्रवेश गरेका छन्। उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन्।

कांग्रेसप्रति असन्तुष्टि जनाउँदै उनले पार्टी परित्याग गरेको लागेको बताए। यादवले आसन्न निर्वाचनमा प्रदेश सभातर्फ निर्वाचन क्षेत्र नम्बर ४ को ‘ख’बाट एमालेको उम्मेदवार हुने तयारी गरेका छन्।

यादव कांग्रेसको १४औँ महाधिवेशनमा शेरबहादुर देउवा समूहबाट सभापति पदमा उम्मेदवार थिए। उनलाई कांग्रेस नेता बिमलेन्द्र निधिनिकट जोगी पञ्जियारले दोस्रो राउण्डमा पराजित गरेका थिए।

यसअघि उनी पार्टीका जिल्ला सचिव हुँदै उपसभापतिसम्म निर्वाचित भएका थिए। अधिवेशनमा देखिएको मतभेदले यो अवस्था आएको कांग्रेस नेताहरुको भनाइ छ।

उनीसँगै कांग्रेस नेतृ विजेता झा, प्रदेश सांसद अन्जु कुमारी यादव, जसपा नेता अरिवन्द साह लगायतका नेताहरु एमालेमा प्रवेश गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell