PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

बाढीको प्रकोपबाट गुज्रिरहेको पाकिस्तानलाई नेपाल सरकारले दुई करोड बराबरको राहत सामग्री सहयोग गर्ने



पहिलोपोस्ट

बाढीको प्रकोपबाट गुज्रिरहेको पाकिस्तानलाई नेपाल सरकारले दुई करोड बराबरको राहत सामग्री सहयोग गर्ने

काठमाडौं : नेपाल सरकारले पाकिस्तानलाई दुई करोड रुपैयाँ बराबरको सहयोग गर्ने भएको छ। पाकिस्तानमा आएको बाढीले ठूलो जनधनको क्षति गरेको भन्दै सहयोग स्वरूप २ करोड रुपैयाँ बराबरको राहत सामग्री दिन लागेको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणीन्द्रमणि पोख्रेलले जानकारी दिए।

भदौ २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले राहत सामग्री दिने निर्णय गरेको थियो। पाकिस्तान सरकारले बाढी पहिरोका कारण भएको क्षतिमा जनतालाई राहत दिन प्रयास गरिरहेको जनाएको छ। तर, बाढीको क्षति बढ्दै जाँदा पाकिस्तानले सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायलाई पनि आग्रह गरेको थियो।

पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफका अनुसार बाढीका कारण ३ करोड ३० लाख मानिस प्रभावित भएका छन्। जुन पाकिस्तानको कूल जनसंख्याको १५ प्रतिशत हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell