
जनकपुरधाम : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनको सरकार देशका लागि कुनै पनि हिसाबले हितकर नरहेको दाबी गरेका छन्। सोमवार जनकपुरधाममा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्।
उनले राजनीतिक, धार्मिक र सामाजिक साँस्कृतिक हिसाबले पनि वर्तमान गठबन्धन सरकार देश र जनताका लागि घातक रहेको जिकिर गरे। अध्यक्ष ओलीले राष्ट्रियताको हिसाबले गठबन्धनले समग्र प्रणालीलाई नै संकटमा पार्ने काम गरिरहेको आरोप लगाए।
उनले मंसिर ४ गते देशले ज्यादै महत्वपूर्ण निर्णय गर्ने बताउँदै यस निर्वाचनले देशको भाग्य र भविष्य कोर्ने दाबी समेत गरे।
उनले भने, ‘मंसिर ४ गते देश कता जान्छ त्यस सम्बन्धमा जनताले महत्वपूर्ण निर्णय लिनेछन्।’