PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

सभामुख सापकोटा र अध्यक्ष लिबिच संसद् भवनमा भेटवार्ता, नेपाल-चीन संसदीय टोलीको द्विपक्षीय छलफल सुरु



पहिलोपोस्ट

सभामुख सापकोटा र अध्यक्ष लिबिच संसद् भवनमा भेटवार्ता, नेपाल-चीन संसदीय टोलीको द्विपक्षीय छलफल सुरु

काठमाडौं : चीनको राष्ट्रिय जनकंग्रेसका स्थायी समितिका अध्यक्ष लि चान्शु र प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाबिच भेटवार्ता भएको छ। संसद् भवन बानेश्वरमा दुई देशका संसद् प्रमुखबिच भेटवार्ता भएको हो।

भेटवार्तापछि संसद् भवनमै दुई देशका संसदीय टोलीबिच द्विपक्षीय छलफल सुरु भएको छ। छलफलको नेतृत्व नेपालका तर्फबाट सभामुख सापकोटा र चीनका तर्फबाट अध्यक्ष लिले गरेका छन्।

द्विपक्षीय छलफलपछि दुई देशबिच संसदीय साझेदारीसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको छ।

अध्यक्ष लि नेतृत्वको चिनियाँ संसदीय टोली आजै नेपाल आएको हो। आजै सभामुख सापकोटाले अध्यक्ष लिको सम्मानमा होटल सोल्टीमा रात्रिभोजको आयोजना गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell