PahiloPost

Jun 7, 2025 | २५ जेठ २०८२

एमालेले कुनै पनि दलसँग गठबन्धन नगर्ने ओलीको उद्घोष, ‘कुनै-कुनै दललाई तालमेलको नाममा सहारा दिन सकिन्छ’



पहिलोपोस्ट

एमालेले कुनै पनि दलसँग गठबन्धन नगर्ने ओलीको उद्घोष, ‘कुनै-कुनै दललाई तालमेलको नाममा सहारा दिन सकिन्छ’

जनकपुरधाम : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेले कुनै पनि दलसँग गठबन्धन नगर्ने बताएका छन्।

एमालेले जनकपुरधाममा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कसैसँग गठबन्धन नगर्ने बताएका हुन्।

एमाले कसैको सहारामा चल्ने पार्टी नभएको बताउँदै पूर्व प्रधानमन्त्री ओलीले भने, ‘एमाले एक्लै गठबन्धनविरुद्ध काफी छ, कसैको सहारा चाहिदैन।’

लोकतन्त्रमा गठबन्धन बनाएर चुनाव लड्नु उचित नहुने उनको भनाइ थियो

ओलीले भने, ‘कुनै-कुनै दललाई तालमेलको नाममा सहारा भने दिन सकिन्छ।’

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एमालेले गठबन्धन गर्न लागेको चर्चाका बिच पूर्व प्रधानमन्त्री ओलीले लोसपातर्फ इंगित गर्दै तालमेल हुन सक्ने स्पष्ट गरे। लोकतन्त्रमा कुनै-कुनै दललाई रेस्क्यु पनि गर्न सकिने उनको भनाइ थियो।

गठबन्धनविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका ओलीले एमालेसँग एक्लै भिड्नु गाह्रो रहेको बुझेर नै नेपाली कांग्रेस नेकपा (माओवादी केन्द्र)को सहारामा गठबन्धन बनाएर हिडिरहेको बताए।

गठबन्धनका नेताहरुलाई मंसिर ४ गतेपछिको परिणाम थाहा भएको भन्दै उनले भने, ‘त्यसैले शेरबहादुरजी र प्रचण्डजीको अनुहारमा अहिले मुस्कान छैन।’

सेटिङवाला राजनीति गर्ने गठबन्धनका नेताहरुलाई नेपाली जनताले अबको निर्वाचनमा विश्वास नगर्ने दाबी गरे।

नागरिकता विधेयकको प्रसंगमा बोल्दै ओलीले नागरिकता समस्या समाधानका लागि अहिले पनि एमाले नै सबैभन्दा बढी गम्भीर रहेको दाबी गरे। तर, गठबन्धनमा आवद्ध दलहरुका नेता कार्यकर्ताहरु एमालेले नागरिकता विधेयक पारित गर्न नदिएको भ्रम सिर्जना गरिरहेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell