PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

राजनीतिक दलसँग भएका सम्झौता कार्यान्वयनमा सरकारले दोहोर्‍यायो प्रतिबद्धता



पहिलोपोस्ट

राजनीतिक दलसँग भएका सम्झौता कार्यान्वयनमा सरकारले दोहोर्‍यायो प्रतिबद्धता
फाइल फोटो

काठमाडौंः सरकारले विभिन्न राजनीतिक दलसँग गरेका समझदारी र सम्झौता कार्यान्वयन गर्न प्रतिबद्धता दोहोर्‍याएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको बैठकले नेपाल सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, थारु कल्याणकारी सभा, थरुहट र थारुवान संयुक्त संघर्ष समिति, स्वतन्त्र मधेस गठबन्धनलगायत तराई मधेस र अन्य क्षेत्रमा आन्दोलनरत समूहसँग विभिन्न मितिमा भएका समझदारी तथा सम्झौताहरूको कार्यान्वयनका लागि पुनः प्रतिबद्धता दोहर्‍याएको हो।

बैठकले प्रशासनिक तथा अर्धन्यायिक प्रकृतिका बाँकी चाँडै पूरा गर्ने तथा मुद्धाहरूको हकमा तत्काल तत् तत् निकायबाट प्रक्रिया पुर्‍याई यथाशीघ्र पर्छ्यौट गर्ने-गराउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।

त्यस्तै सम्झौता कार्यान्वयनका लागि कानुनी अड्चन भएमा संशोधन प्रक्रिया अघि बढाउने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell