PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

१० दिनअघि हत्या भएको शव ललितपुरको फुल्चोकी जंगलमा भेटियो, अभियोगमा श्रीमान् नै समातिए



पहिलोपोस्ट

१० दिनअघि हत्या भएको शव ललितपुरको फुल्चोकी जंगलमा भेटियो, अभियोगमा श्रीमान् नै समातिए
प्रतीकात्मक तस्विर। घटनासँग सम्बन्धित छैन।

काठमाडौंः श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई सार्वजनिक गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले सोमबार हत्या गरेको अभियोगमा दोलखा भीमेश्वर नगरपालिका घर भएका  ६३ वर्षीय ध्याल्मो लामालाई सार्वजनिक गरेको हो।

उनले रौतहट घर भएकी ४७ वर्षीय श्रीमती रुपा क्षेत्रीको हत्या गरेको खुलेको छ। आइतबार दिउँसो प्रहरीले ललितपुरको फुल्चोकीको जंगलमा सडेको अवस्थामा शव फेला पारेको थियो। हत्या श्रीमानले नै गरेको प्रहरी अनुसन्धानमा खुलेको हो।

भदौ १६ गते दिउँसो श्रीमतीसँग विवाद हुँदा लामाले हत्या गरेको बयानमा समेत स्वीकारेको प्रहरीले जनाएको छ।

रुप लामाकी तेस्री श्रीमती रहेको पनि खुलेको छ। पहिली श्रीमती १२ वर्ष अगाडि नै वितेकी थिइन्। त्यसपछि दोस्रो विवाह गरेर ल्याएकी श्रीमती दोलखामा नै बस्दै आएकी छिन्।

रुपमासँग उनको सात वर्षअघि विवाह गरेको खुलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell