A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.69769ffd129690.48935692): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.69769ffd129690.48935692,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

मिटरव्याजीको सञ्जालः एकै व्यक्तिले २३ जनाविरुद्ध दिए उजुरी, दुई हजार २८९ थान निवेदन 
PahiloPost

Jan 26, 2026 | १३ माघ २०८२

मिटरव्याजीको सञ्जालः एकै व्यक्तिले २३ जनाविरुद्ध दिए उजुरी, दुई हजार २८९ थान निवेदन 



पहिलोपोस्ट

मिटरव्याजीको सञ्जालः एकै व्यक्तिले २३ जनाविरुद्ध दिए उजुरी, दुई हजार २८९ थान निवेदन 

काठमाडौंः मिटरव्याजी अपराध नियन्त्रणका लागि सिफारिस गर्न गठित कार्यदलले प्रतिवेदन बुझाएको छ। कार्यदलका संयोजक भीष्मकुमार भुसालले गृहमन्त्री बालकृष्ण खाणलाई सोमबार प्रतिवेदन बुझाएको हो। २०७९ साउन २७ गतेको मन्त्रीस्तरीय निर्णयबाट समिति गठन भएको थियो।  

कार्यदलले स्थानीय प्रशासनले प्राप्त उजुरीमा तत्काल छानबिन र कारबाहीमा निरन्तरता दिनुपर्ने शीर्षकमा ४ वटा, संघीय इकाईहरूको भूमिका र राजनीतिक प्रतिवद्धता शीर्षकमा ५ वटा, सरकारका वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत २ वटा, कानूनी सचेतना र सुधार अन्तर्गत १० वटा तथा सचेतना साक्षरता र वित्तीय पहुँच अन्तर्गत ११ वटा गरी जम्मा ३२ बुँदामा आफ्नो सिफारिस प्रस्तुत दिएको छ। 

समितिमा भदौ २६ गतेसम्म देशभरबाट दुई हजार २८९ उजुरी प्राप्त भएका छन्। उजुरीमध्ये ५९ वटा फरफारक भइसकेको कार्यदलको प्रतिवेदनमा उल्लेख छ। साथै ७ वटा उजुरीमा छानबिन गरी सम्बन्धित अदालतमा मुद्दा दायर गरिएको र अन्य ७ वटामा प्रहरीद्वारा अनुसन्धान भइरहेको पनि जनाइएको छ। 

कार्यदलले लुम्बिनी प्रदेश् र मधेश प्रदेशका तथा प्रदेश १ मा गरेर सात वटा जिल्लामा स्थलगत अध्ययन नै गरेर प्रतिवेदन बनाएको हो। पीडित, स्थानीय जनप्रतिनिधि, बैङ्क तथा वित्तीय संस्थाका प्रतिनिधिलगायतसँग कार्यदलले समस्याबारे छलफल गरेको थियो। 

कार्यदलका अनुसार एउटै व्यक्तिविरुद्ध ४ वा सोभन्दा बढी उजुरी परेका आरोपितहरूको संख्या ३३ रहेको छ। साथै एकै व्यक्तिले २३ जनाविरुद्ध मिटरब्याजीको उजुरी दर्ता गरेको पाइएको छ। 

कार्यदलका तर्फबाट जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘प्राप्त उजुरीहरूको विश्लेषण गर्दा एउटै व्यक्तिका विरुद्ध ४ वा सोभन्दा बढी उजुरी परेका आरोपितहरूको संख्या ३३ रहेको र  एकै व्यक्तिले २३ जनाविरुद्ध मिटरब्याजीको उजुरी दर्ता गरेको देखिएको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell