PahiloPost

Jun 6, 2025 | २४ जेठ २०८२

चुनाव घोषणापछि पनि रोकिएन वाग्मती सरकारको अध्यादेश मोह, पुनः दुई वटा सिफारिस



पहिलोपोस्ट

चुनाव घोषणापछि पनि रोकिएन वाग्मती सरकारको अध्यादेश मोह, पुनः दुई वटा सिफारिस

हेटौंडाः वाग्मती प्रदेश सरकारले पुनः दुई अध्यादेश सिफारिस गरेको छ। चुनाव घोषणा भएपछि पनि प्रदेश सरकारले अध्यादेश सिफारिस गरिरहेको छ। सोमबार पुनः सरकारले दुई अध्यादेश प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

संसद् अधिवेशन अन्त्यपछि यसअघि पनि दुई अध्यादेश जारी भइसकेका छन्।

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले सरकारले प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश सिफारिस गरेको बताए।

प्रतिपक्षीसँगको राजनीतिक दूरी बढेपछि सरकारले अधिवेशन अन्त्य गरेर धमाधम अध्यादेशबाटै शासन चलाउने निर्णय गरिरहेको छ।

गठबन्धन नेतृत्वको वर्तमान सरकारले पाँच महिनाको अवधिमा ७ वटा अध्यादेश जारी गरिसकेको छ।

मन्त्री खनालका अनुसार सोमबारको मन्त्रिपरिषद्ले तामाङ र नेवारी भाषालाई प्रदेशको कामकाजको भाषा बनाउने पनि निर्णय गरेको छ।

खनालको अनुसार बैठकले प्रदेश औद्योगिक नियामावली स्वीकृत गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell