PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

साफ यू १७: श्रीलंकामाथि नेपालको फराकिलो जित, फाइनलमा भारतसँग खेल



पहिलोपोस्ट

साफ यू १७: श्रीलंकामाथि नेपालको फराकिलो जित, फाइनलमा भारतसँग खेल
Photo: SAFF

काठमाडौं: श्रीलंकामा जारी साफ यू १७ पुरुष फुटबल च्याम्पियनसिप अन्तर्गत गएराति सम्पन्न दोस्रो सेमिफाइनल खेलमा नेपालले श्रीलंकामाथि फराकिलो जित निकालेको छ। कोलम्बोस्थित रेडकोर्ष स्टेडियममा सम्पन्न खेलमा नेपालले घरेलु टोलीमाथि ६-० गोलको फराकिलो जित निकालेको हो।

खेलको २१ औं मिनेटमा कप्तान प्रशान्त लक्ष्मणको गोलमा नेपालले अग्रता बनाएको थियो। त्यसको दुई मिनेट नबित्दै हरिसराज भट्टले अग्रता दोब्बर बनाए। त्यस्तै सुवास बमले ३० र निरोज कार्कीले ३७ औं मिनेटमा गोल गर्दा पहिलो हाफमा नेपाल चार गोलले अघि रह्यो। त्यस्तै खेलको ५१ औं मिनेटमा युनेश बुढाथोकीले ५१ औं मिनेटमा गोल गर्दा सिजल राईले ९० औं मिनेटमा गोल थपे। र, नेपालले घरेलु टोलीमाथि ६-० को फराकिलो जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।

जितसँगै नेपालले फाइनलमा भारसँग भेट सुनिश्चत गरेको छ। सोमवारसम्पन्न पहिलो सेमिफाइनल खेलमा भारतले बंगलादेशलाई २-१ गोलअन्तरले हराउँदै भारतले फाइनलमा स्थान बनाएको थियो। नेपाल प्रतियोगिताको समूह 'बी' मा भारत र भुटानलाई हराउँदै समूह विजेता बनेर सेमिफाइनल प्रवेश गरेको थियो। नेपालले भुटानसँग २-१ र भारतसँग ३-१ गोलले जित निकालेको थियो। भारत समूह 'बी' कै उपविजेता बन्दै सेमिफाइनलको यात्रा तय गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell