
काठमाडौं: एएफसी यू २० एसिया कप छनोट अन्तर्गत गएराति सम्पन्न समूह 'बी' को खेलमा नेपाल कतारसँग पराजित भएको छ। बहराइनको शेख अली बिन मोहम्मद अल खलिफा स्टेडियममा सम्पन्न खेलमा नेपाल कतारसँग ३-१ गोलअन्तरले पराजित भएको हो।
खेलको ३० औं मिनेटमा कतारका मोहम्मद मन्सुर अलीको गोलमा कतारले अग्रता बनाएको थियो। तर पहिलो हाफको इन्ज्युरी समयमा मोहम्मद सुरागले आत्मघाती गोल गर्न पुग्दा पहिलो हाफ १-१ गोलको बराबरीमा रोकियो।
कतारका लागि रशिद अब्दुल्लाअजिज अल-अब्दुल्लाले ६० औं मिनेटमा दोस्रो गोल गर्दै फेरि अग्रता दिलाए। त्यस्तै ७६ औं मिनेटमा कप्तान जसिम मोहम्मदले गोल थपे। र, कतारले ३-१ गोलको जित सुनिश्चित गर्यो। नेपालले यसअघिको खेलमा भुटानसँग पराजय ब्यहोरेको थियो।
गएराति नै सम्पन्न समूह 'बी' को अर्को खेलमा बंगलादेशले भुटानमाथि २-१ गोलअन्तरले जित निकालेको थियो।