PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

पाकिस्तानलाई नेपालको दुई करोड मुल्य बराबरको राहत



पहिलोपोस्ट

पाकिस्तानलाई नेपालको दुई करोड मुल्य बराबरको राहत
फोटो : AP

काठमाडौं : नेपालद्वारा पाकिस्तानलाई दुई करोड रुपैयाँ बराबरको राहत सामग्री सहयोगस्वरुप उपलब्ध गराइने भएको छ। गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी पाकिस्तानमा आएको बाढीबाट धनजनको क्षति भएको जनाउँदै राहतस्वरुप सहयोग उपलब्ध गराइने बताए।

यही भदौ २१ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयानुसार सहयोग गर्न लागिएको मन्त्रालयले जनाएको छ। पाकिस्तानमा विपद्मा परी मृत्यु हुनेप्रति नेपाल सरकारले श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell