A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6976882f6d3869.91706715): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6976882f6d3869.91706715,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

लि र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता
PahiloPost

Jan 26, 2026 | १३ माघ २०८२

लि र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता



पहिलोपोस्ट

लि र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष लि चान्शुबिच भेटवार्ता भएको छ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान उनीबिच शिष्टाचार भेटवार्ता भएको एमाले पार्टी कार्यालयले जनाएको छ। भेटवार्तामा द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको जनाइएको छ। भेटमा एमालेका तर्फबाट अध्यक्ष ओलीसँगै नेताहरु उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, डा राजन भट्टराई, अन्जान शाक्यलगायत सहभागी थिए।

सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष चान्शु सोमबार काठमाडौँ आइपुगेका हुन्। लिले प्रधानमन्त्री शेरबहादुर देउवासँग आज अपराह्न शिष्टाचार भेटवार्ता गर्नेछन्। यस्तै आजै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र परराष्ट्रमन्त्री डा नारायण खड्कासँग पनि अध्यक्ष लीको भेटवार्ता गर्नेछन्।

लिले यही भदौ २९ गते बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका छ। अध्यक्ष लि भ्रमण सम्पन्न गरी यही भदौ ३० गते बिहीबार बिहान स्वदेश फर्कनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell