PahiloPost

Jun 7, 2025 | २५ जेठ २०८२

महिला साफमा आज दुई खेल: समूह 'ए' को विजेताको टुंगो लाग्दै



पहिलोपोस्ट

महिला साफमा आज दुई खेल: समूह 'ए' को विजेताको टुंगो लाग्दै
फाइल फोटो: साफ

काठमाडौं: साफ महिला च्याम्पियनसिपमा आज समूह 'ए' का दुई खेल हुँदैछन्।

आज हुने पहिलो खेलमा जितविहीन पाकिस्तान र माल्दिभ्स भिड्नेछ। यी दुबै टोली प्रतियोगिताबाट बाहिरिसकेका छन्।

८ वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्किएको पाकिस्तान पहिलो तथा सान्त्वना जितको खोजीमा हुनेछ। समूह चरणमा दुई खेल खेल्दा पाकिस्तानले भारतसँग ३-० र बंगलादेशसँग ६-० गोलको हार ब्यहोरेको थियो।

त्यस्तै माल्दिभ्स पनि प्रतियोगितामा सान्त्वना जितको खोजीमा हुनेछ। माल्दिभ्समा दुई खेल खेल्दा बंगलादेशसँग ३-० र भारतसँग ९-० गोलको पराजय ब्यहोरेको थियो। पाकिस्तान र माल्दिभ्सबीचको खेलमा दिउँसो १ बजे सुरु हुनेछ।

त्यस्तै दोस्रो खेलमा सानदार लयमा देखिएका बंगलादेश र भारतबीच हुनेछ। भारत यसअघिका सबै संस्करणको साफको विजेता हो भने बंगलादेश यसपालाको मुख्य दावेदार मध्येको एक हो। समूह चरणका दुई खेल खेल्दा दुबै टोलीले क्लिनसिट राख्दै जित निकालेका छन्। भारतले पाकिस्तानमाथि ३-० र माल्दिभ्समाथि ९-० गोलको जित निकाल्न सफल भएको थियो। त्यस्तै बंगलादेशले पाकिस्तानमाथि ६-० र माल्दिभ्समाथि ३-० गोलको जित निकालेको थियो। आजको खेलमा जित निकाल्ने टोली समूह विजेता र हार ब्यहोर्ने टोली उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell