PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

ओलीसँगको भेट लगत्तै लिले भेटे प्रचण्डलाई



पहिलोपोस्ट

ओलीसँगको भेट लगत्तै लिले भेटे प्रचण्डलाई

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुबिच भेटवार्ता भएको छ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान उनीबिच शिष्टाचार भेटवार्ता भएको हो। भेटवार्तामा द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको जनाइएको छ। भेटमा माओवादीका तर्फबाट अध्यक्ष प्रचण्डसँगै नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, पम्फा भुसाल लगायत सहभागी थिए।

सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष चान्शु सोमबार काठमाडौँ आइपुगेका हुन्। लीले प्रधानमन्त्री शेरबहादुर देउवासँग आज अपराह्न शिष्टाचार भेटवार्ता गर्नेछन्। यस्तै आजै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र परराष्ट्रमन्त्री डा नारायण खड्कासँग पनि अध्यक्ष लीको भेटवार्ता गर्नेछन्।

लीले यही भदौ २९ गते बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका छ। अध्यक्ष ली भ्रमण सम्पन्न गरी यही भदौ ३० गते बिहीबार बिहान स्वदेश फर्कनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell