
संयुक्त राष्ट्रसंघ अन्तर्गत रहेको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले 'आधुनिक दासत्व'को चपेटामा ५ करोड मानिस रहेको जनाएको छ। जबरजस्ती श्रम र जबरजस्ती विवाहसँगै अन्य संकटका कारण मानिसहरु फस्दै गएको आइएलओले जनाएको हो।
संयुक्त राष्ट्रसंघले वल्क फ्रि फाउन्डेसेनसँगको सहकार्यमा गरेको अनुसन्धानमा गए वर्षको अन्त्यसम्म जबरजस्ती काम र विवाह गर्नेको संख्या उच्च रहेको देखिएको हो। यसको अर्थ विश्वमा १५० जनामा १ जना 'आधुनिक दासत्व'को सिकार भएका छन्।
संयुक्त राष्ट्रसंघले सन् २०३० सम्म आधुनिक दासत्वको सम्पूर्ण रुपहरु उन्मुलन गर्ने लक्ष्य लिएको छ। तर, सन् २०१६ देखि २०२१ सम्ममा १ करोडभन्दा बढी मानिस 'आधुनिक दासत्व'मा पिल्सिएका छन्। कोरोना भाइरस संक्रमणले विश्वमा 'दासत्व' बढेको बताइन्छ। यस्तै, युद्ध, जलवायु परिवर्तन, आप्रवासी संकटले पनि समस्या बढ्दो छ।
विश्वका प्राय सबै देशमा 'आधुनिक दासत्व' रहेको छ। जसमा धेरैजना मानिस जबरजस्ती काम गराउने र विवाह गर्नेको संख्या आधाभन्दा बढी छ।