PahiloPost

Jun 7, 2025 | २५ जेठ २०८२

माल्दिभ्समाथि फराकिलो जित निकाल्दै पाकिस्तानको प्रतियोगितामा सुखद अन्त्य



पहिलोपोस्ट

माल्दिभ्समाथि फराकिलो जित निकाल्दै पाकिस्तानको प्रतियोगितामा सुखद अन्त्य
फाइल फोटो साफ

काठमाडौं: साफ महिला च्याम्पियनसिपमा आजसम्पन्न पहिलो खेलमा पाकिस्तानले माल्दिभ्समाथि फराकिलो जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा पाकिस्तानले माल्दिभ्समाथि ७-० को फराकिलो जित निकालेको हो।

पाकिस्तानको जितमा नादिया खानको ह्याट्रिकसहित ४ गोलको सहायतामा प्रतियोगिताको अन्तिम खेलमा ८ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको पाकिस्तानले जित निकालेको हो। खानबाहेक रमीन फरिद, खाडिया काज्मी र अनमोल हिराले समान १ गोल गरे। खेलको ३९ औं मिनेटमा रमीनको गोलमा अग्रता बनाएको पाकिस्तान पहिलो हाफमा एक गोलले अघि रह्यो। ४८ औं मिनेटमा खडियाले अग्रता दोब्बर बनाउँदा नाडिया खानले ५३,७८, ८४ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरिन् भने खेलको अन्तिम मिनेटमा चौथो गोल गरिन्। त्यस्तै अन्तिम गोल नाडियाकै पासमा अनमोलले इन्ज्युरी समयमा गरेकी थिइन्।

योसँगै प्रतियोगिताबाट पाकिस्तान र माल्दिभ्सका खेलहरु सकिएका छन्।

यसअघि समूह चरणमा दुई खेल खेल्दा पाकिस्तानले भारतसँग ३-० र बंगलादेशसँग ६-० गोलको हार ब्यहोरेको थियो। त्यस्तै माल्दिभ्सले यसअघिका दुई खेल खेल्दा बंगलादेशसँग ३-० र भारतसँग ९-० गोलको पराजय ब्यहोरेको थियो।

आजै हुने दोस्रो खेल सानदार लयमा देखिएका बंगलादेश र भारतबीच हुनेछ। भारत यसअघिका सबै संस्करणको साफको विजेता हो भने बंगलादेश यसपालाको मुख्य दावेदार मध्येको एक हो। समूह चरणका दुई खेल खेल्दा दुबै टोलीले क्लिनसिट राख्दै जित निकालेका छन्। भारतले पाकिस्तानमाथि ३-० र माल्दिभ्समाथि ९-० गोलको जित निकाल्न सफल भएको थियो। त्यस्तै बंगलादेशले पाकिस्तानमाथि ६-० र माल्दिभ्समाथि ३-० गोलको जित निकालेको थियो। आजको खेलमा जित निकाल्ने टोली समूह विजेता र हार ब्यहोर्ने टोली उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell