PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

४३ वटा प्रश्नको सामना गर्दै सकियो निलम्बित प्रधानन्यायाधीश जबराको बयान, उनले आरोप लगाएका व्यक्तिसँग पनि बयान लिइने



पहिलोपोस्ट

४३ वटा प्रश्नको सामना गर्दै सकियो निलम्बित प्रधानन्यायाधीश जबराको बयान, उनले आरोप लगाएका व्यक्तिसँग पनि बयान लिइने

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग महाभियोगबारे समितिले लिएको बयान सकिएको छ। भदौ १५ गतेदेखि महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश जबराको बयान लिएको थियो। पटकपटक गरेर उनी ६ दिनसम्म बयानको लागि सिंहदरबार पुगेका थिए।

समितिले जबरासँग ४३ वटा मूल प्रश्न सोधको थियो। जबराले पहिलो दिनको बयानमा न्यायाधीश,नेता र कानुन व्यवसायीमाथि आरोप लगाएका थिए। दोस्रो दिनमा उनले संसद र सांसदमाथि नै प्रश्न तेर्साएका थिए। तेस्रो दिन सशस्त्र प्रहरीका पूर्व डीआइजी निरञ्जन कोइरालाको केस र न्यायलयभित्रको विलम्बको विषयमा जवाफ दिएका थिए।

त्यस्तै यो केसमा भ्रम सिर्जना गर्न खोजेको आरोप समेत लगाएका थिए उनले। आफ्नो विवेकको प्रयोग गरेर गहनता र तथ्यलाई हेरेर फैसला गरेको उनले सुनाएका थिए। उल्टी गरेर रञ्जन कोइरालाको सजाय कम  गरियो भन्ने कुरा सयको सय प्रतिशत गलत भएको भन्दै मिसिल मगाएर हेर्न समेत समितिका सदस्यलाई आग्रह गरेका थिए।

सर्वोच्चको भवन निर्माण, टेन्डर प्रक्रिया र अनियमितताबारे पनि समितिमा प्रश्न उठेको थियो। त्यसक्रममा उनले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका थिए।

अब समितिले जबराले बयानमा आरोप लगाएका मानिसहरुलाई पनि बोलाउने तयारी गरेको छ। उनले कांग्रेसका नेता देखि बार एशोसियनका पूर्व अध्यक्ष, वरिष्ठ वकिल लगायतहरुलाई आरोप लगाएका थिए। तर कसलाई कहिले बोलाउने भन्ने विषयमा भने कुनै निर्णय भसकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell