PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

नेपालद्वारा पाकिस्तानलाई राहत सामग्री हस्तान्तरण



पहिलोपोस्ट

नेपालद्वारा पाकिस्तानलाई राहत सामग्री हस्तान्तरण

काठमाडौं : नेपाल सरकारले विपदमा परेको पाकिस्तानलाई उपलब्ध गराएको मानवीय सहायता सामग्री हस्तान्तरण गरेको छ। राहत सामग्री लिएर आएको टोलीले केहीबेर अगाडि कराँचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थलमा आज आयोजित कार्यक्रममा पाकिस्तानका सम्बद्ध अधिकारीलाई सहायता सामग्री हस्तान्तरण गरेको हो।

अत्यावश्यक औषधि, खाद्यान्न, लत्ताकपडालगायत २२ टनभन्दा बढी सामग्री हस्तान्तरण गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सहायता सामग्री लिएर परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्साल नेतृत्वको नेपाली प्रतिनिधीमण्डल आजै पाकिस्तान पुगेको हो। 

उक्त सहायता सामग्री राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाजमार्फत पाकिस्तानको कराँची शहर ल्याइएको हो। उक्त प्रतिनिधिमण्डल आजै साँझ काठमाडौँ फर्कनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell