PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाइँदै



रासस

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाइँदै

काठमाडौं : संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिको सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। समितिकै कार्यकाल सकिन लागेको परिस्थितिमा सुनुवाइ कसरी अघि लैजाने भन्ने सन्दर्भमा सदस्यबिच लामो छलफल र बहसपछि समितिले सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

न्यायपरिषद्ले यही भदौ २१ गते सर्वोच्च अदालतको न्यायाधीशमा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नीता गौतम दीक्षित, पाटन उच्च अदालतका न्यायाधीश विनोद शर्मा र वरिष्ठ अधिवक्ता डा दिननाथ पराजुली इलामको नाम मनोनित गरी संसदीय सुनुवाइका लागि समितिसमक्ष पठाएको थियो।
 
समितिले उनीहरुबारे सर्वसाधारणलाई जानकारी दिई १० दिने सूचना प्रकाशित गरी कुनै गुनासो र उजुरी भए माग गर्ने निर्णय गरेको छ। यसअघि बैठकमा सदस्यले संसदीय सुनुवाइको अभ्यास र समितिको कार्यकालकै बारे विभिन्न कोणबाट भनाइ प्रस्तुत गरे।

बैठकमा सभापति लक्ष्मणलाल कर्णले समितिले हालसम्म सर्वसम्मतरुपमा निर्णय सुनाउँदै जानकारी दिँदै उठेका प्रश्नको निरुपण गर्न गरेको आग्रहमा सदस्यबिच १० दिनको सूचना प्रकाशित गरी अघि बढ्ने निर्णय भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell