PahiloPost

Jun 6, 2025 | २४ जेठ २०८२

५ हजार ५९ जनाको परीक्षण गर्दा २०३ जनामा कोरोना संक्रमण पुष्टि



पहिलोपोस्ट

५ हजार ५९ जनाको परीक्षण गर्दा २०३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : पछिल्लो २४ घण्टामा थप २ सय ३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ५ हजार ५९ जनामा परीक्षण गर्दा २ सय ३ जनामा संक्रमण देखिएको हो।

१ हजार ३०० पीसीआर परीक्षण गरिएकोमध्ये ८७ जनामा र ३ हजार ७५९ एन्टीजेन परीक्षण गरिएकोमा ११६ जनामा संक्रमण देखिएको हो।

त्यस्तै, सोही अवधिमा १२६ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या २ हजार २ सय ३२ रहेको छ।

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण बढेकाले सबैलाई स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell