PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

नुवाकोटको चतुरालेमा दुई दिने स्वास्थ्य शिविर सम्पन्न



पहिलोपोस्ट

नुवाकोटको चतुरालेमा दुई दिने स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं : नुवाकोटको ककनी गाउँपालिका वडा ७ स्थित चतुरालेमा दुई दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ। वडा नम्बर ७ को कार्यालय, चतुराले स्वास्थ्य चौकी तथा मद्दत नेपाल र नेप अस एसोसिएसन एन्ड नेप अस डेन्टर काठमाडौंको प्राविधिक सहयोगमा सोमवार र मंगलबार शिविर सञ्चालन भएको हो।

चतुराले स्वास्थ्य चौकीमा भएको शिविरमा ४५० भन्दा बढीले सेवा लिएको वडा ७ का वडाध्यक्ष रामकृष्ण तामाङले जानकारी दिए। 'जनरल र डेन्टल सेवा साढे चार सयभन्दा बढीले लिनुभयो। यस्तो हेल्थ क्याम्पमा रोग पहिचान भएमा हामी फलोअप पनि गर्छौ,' वडाध्यक्ष तामाङले भने।

फिजिसियन तर्फ डा टासी शेर्पा र डेन्टलतर्फ म्हेन्दो तामाङको नेतृत्वमा शिविर सञ्चालन भएको थियो। स्वास्थ्य संस्थासम्म पहुँच नभएकाहरुका लागि चेतना फैलाउन हरेक वर्ष यस्तो शिविर वडाले सञ्चालन गर्दै आएको वडाध्यक्षको भनाई छ। स्वास्थ्य चौकी क्षेत्रमा निम्स, तेजपत्ता, कपुर र धुपीजस्ता एक सय वटा विरुवा रोपेर शिविरको समापन गरिएको वडाध्यक्ष तामाङले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell