PahiloPost

Jun 6, 2025 | २४ जेठ २०८२

साफ महिला च्याम्पियनसिपमा भारत पहिलोपटक पराजित



पहिलोपोस्ट

साफ महिला च्याम्पियनसिपमा भारत पहिलोपटक पराजित

काठमाडौंः साफ महिला च्याम्पियनसिप अन्तर्गत मंगलबार सम्पन्न समूह चरणको अन्तिम खेलमा बंगलादेशले भारतलाई हराएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा बंगलादेशलाई भारतमाथि ३-० गोल अन्तरले सानदार जित निकालेको हो।

खेलमा सुरुबाटै दबाब बनाएको बंगलादेशका लागि खेलको ११औं मिनेटमा मोहम्मत जहान सोप्नाले गोल गर्दै अग्रता दिलाएकी थिइन्। त्यस्तै २२औं मिनेटमा श्रीमोती सरकारले गोल गर्दा पहिलो हाफमै बंगलादेश दुई गोलले अघि रह्यो। दोस्रो हाफमा बंगलादेशका लागि सोप्नाले फेरि गोल थपिन्। उनले ५३औं मिनेटमा गोल गर्दा बंगलादेशले भारतमाथि ३-० को ऐतिहासिक जित निकालेको हो।

साफ च्याम्पियनको सबै संस्करणको विजेता रहेको भारतले इतिहासकै पहिलो हार हो।

योसँगै बंगलादेश अपराजित रहँदै समूह ए'को विजेता बनेको छ भने भारत उपविजेता बनेको छ। अब सेमिफाइनलमा बंगलादेशले भुटान र भारतले नेपालसँग प्रतिस्पर्धा गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell