PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

साफ महिला च्याम्पियनसिपको सेमिफाइनल समीकरण, नेपालले भारतसँग र बंगलादेशले भुटानसँग खेल्ने



पहिलोपोस्ट

साफ महिला च्याम्पियनसिपको सेमिफाइनल समीकरण, नेपालले भारतसँग र बंगलादेशले भुटानसँग खेल्ने

काठमाडौंः साफ महिला च्याम्पियनसिपको सेमिफाइनलको समीकरण पूरा भएको छ। समूह बी'का दुई खेल सकिएसँगै समीकरण पूरा भएको हो। मंगलबार सम्पन्न खेलहरुमा पाकिस्तानले माल्दिभ्समाथि ७-० को जित निकाल्दा बंगलादेशले भारतमाथि ३-० को जित निकाल्यो।

योसँगै समूह 'ए'मा अपराजित रहँदै बंगलादेश विजेता बनेर सेमिफाइनलमा प्रवेश गर्दा भारत उपविजेता बनेर सेमिफाइनलको यात्रा तय गरेको छ। त्यस्तै एक खेल जितेको पाकिस्तान र जितविहीन माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएका छन्।

त्यस्तै समूह बी'मा विजेता बन्दै नेपालले यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेको छ। नेपालले भुटानमाथि ४-० र श्रीलंकामाथि ६-० को जित निकाल्दै समूह विजेता बनेको हो। त्यस्तै नेपालसँग पराजय ब्यहोरेको भुटानले श्रीलंकासँग ५-० को जित निकाल्दै समूहको उपविजेता बनेर सेमिफाइनलमा स्थान बनाएको छ। समूह बी'बाट श्रीलंका बाहिरिएको छ।

योसँगै सेमिफाइनलको खेलमा समूह ए'को विजेता नेपाल र समूह बी'को उपविजेता भारत शुक्रबार दशरथ रंगशालामा दिउँसो १ बजे आमनेसामने हुनेछन्।

त्यस्तै समूह बी'को विजेता बंगलादेश र समूह एको उपविजेता भुटान सोही दिन साँझ साढे ५ बजे भिड्नेछन्।

प्रतियोगिताको फाइनल आउँदो सोमबार हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell