PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

भक्तपुर घुम्न निस्कँदै चिनियाँ जनकांग्रेसका अध्यक्ष लि, त्यसपछि राष्ट्रपतिसँग भेट



पहिलोपोस्ट

भक्तपुर घुम्न निस्कँदै चिनियाँ जनकांग्रेसका अध्यक्ष लि, त्यसपछि राष्ट्रपतिसँग भेट
फोटो : रासस

काठमाडौं : चीनको राष्ट्रिय जनकंग्रेसका स्थायी समितिका अध्यक्ष लि चान्शु बुधवार बिहान भक्तपुर पुग्ने भएका छन्। सोमवार नेपालको चार दिने भ्रमणमा आइपुगेका लिले मंगलवार प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत नेताहरुसँग भेट गरेका थिए।

बुधवार बिहानै उनी भक्तपुर घुम्न जानेछन्। साढे ९ बजे अध्यक्ष लिसहितको चिनियाँ टोली भक्तपुर दरबार क्षेत्रको अवलोकन तथा भूकम्पपछिको पुनर्निर्माण कार्यको जानकारी लिनेछन्। त्यहाँ उनले करिब १ घण्टा बिताउने छन्। त्यहाँबाट उनी साढे १० बजे फर्किने कार्यक्रम राखिएको छ।

उनले बुधवार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ। दिउँसो ४ बजे अध्यक्ष लिले राष्ट्रपति भण्डारीसँग शितल निवासमा शिष्टाचार भेट गर्ने कार्यतालिका बनेको छ। करिब ३० मिनेटको भेटपछि उनी होटल सोल्टी फर्किनेछन्। लि भोलि बिहीवार बिहान ८:३० बजे स्वदेश प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell