PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

सप्तरीमा एक पुरुष मृत भेटिए, सनाखत भने हुन सकेन



पहिलोपोस्ट

सप्तरीमा एक पुरुष मृत भेटिए, सनाखत भने हुन सकेन

काठमाडौंः सप्तरीमा एक पुरुष मृत भेटिएका छन्।

आज बिहान तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर १ भन्सार चौकदेखि रामपुर मल्हनिया जाने बाटोमा मृत फेला परेका हुन्। मृतकको सनाखत भने हुन सकेको छैन। घोप्टो अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। शवलाई पोस्टमार्टमको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज लगिएको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell