PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

प्रचण्डसँग अमेरिकी राजदूत बेरीको बिदाई भेट



पहिलोपोस्ट

प्रचण्डसँग अमेरिकी राजदूत बेरीको बिदाई भेट

काठमाडौं : नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डसँग बिदाई भेटवार्ता गरेका छन्।

खुमलटारस्थित प्रचण्ड निवासमा बुधवार बिहान भएको भेटवार्तामा अमेरिका र नेपालबीचको दुई पक्षीय सम्बन्धका बारेमा छलफल भएको बताइएको छ। भेटमा अध्यक्ष प्रचण्डले राजदूत बेरीलाई सफल कार्यकालका लागि बधाई ज्ञापन गरेका थिए।

'अध्यक्ष कमरेड प्रचण्ड र नेपालका लागि अमेरिकी राजदूत महामहिम रेन्डी बेरीबीच आज बिहान अध्यक्ष निवास खुमलटारमा बिदाई भेट भयो,' भेटबारे प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भनेका छन्, 'अध्यक्ष कमरेड प्रचण्डले राजदुत बेरीको सफल कार्यकालको लागि हार्दिक बधाई दिनुको साथै नेपालको विकास र समृद्धिको बाटोमा अमेरिकाको निरन्तर सहयोगको लागि धन्यवाद व्यक्त गर्नु भयो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell