PahiloPost

Aug 2, 2025 | १८ साउन २०८२

साफ यू-१७ फाइनल : नेपाल र भारत भिड्दै



पहिलोपोस्ट

साफ यू-१७ फाइनल : नेपाल र भारत भिड्दै
Photo: NSJF

काठमाडौं : साफ यू-१७ फाइनल खेलमा आज नेपाल र भारत भिड्दैछन्। श्रीलंकाको कोलम्बोस्थित रेसकोर्स स्टेडियममा साँझ सवा ७ बजे खेल सुरु हुनेछ।

प्रतियोगितामा दोस्रो पटक यी दुई टोलीबिच प्रतिस्पर्धा हुँदैछ। यसअघि समूह चरणमा नेपालले भारतलाई हराउँदै समूह विजेता बनेको थियो।

नेपाली टोलीका प्रशिक्षक उर्जेन श्रेष्ठले फाइनल खेलमा कडा प्रतिस्पर्धा हुने बताएका छन्।

'सेमिफाइनलमा भारतले बंगलादेशसँग राम्रो खेलेको थियो। नेपालले पनि सेमिफाइनलमा राम्रो गर्‍यो। हाम्रा कप्तान फर्किएका छन्। फाइनलमा टफ म्याच हुनेछ' उनले भने।

नेपाल प्रतियोगिताको समूह 'बी' मा भारत र भुटानलाई हराउँदै समूह विजेता बनेर सेमिफाइनल प्रवेश गरेको थियो। नेपालले भुटानसँग २-१ र भारतसँग ३-१ गोलले जित निकालेको थियो। भारत समूह 'बी' कै उपविजेता बन्दै सेमिफाइनलको यात्रा तय गरेको थियो।

सेमिफाइनलमा भारतले बंगलादेशलाई २-१ गोलले तथा नेपालले श्रीलंकालाई ६-० गोलले हराएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell