PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

सुनको मूल्य घटेर तोलामा ९२ हजार ८ सय रुपैयाँ पुग्यो



पहिलोपोस्ट

सुनको मूल्य घटेर तोलामा ९२ हजार ८ सय रुपैयाँ पुग्यो

काठमाडौं : सुनको मूल्यमा फेरि गिरावट आएको छ। अघिल्लो दिनको भन्दा तोलामा ७ सय रुपैयाँले घटेर बुधवार ९२ हजार ८ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलवार सुन तोलामा एक सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार ५ सय रुपैयाँ रहेको थियो। चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ। बुधवार चाँदी प्रतितोला एघार सय ७५ रुपैयाँ कायम भएको छ। मंगलवार चाँदी तोलामा ३५ रुपैयाँले बढेर ११ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य क्रमिक घट्न थालेको छ। मंगलवार प्रतिऔंस १७२२.०८ डलर रहेको सुन बुधवार घटेर प्रतिऔंस १७०० डलर मा कारोबार भइरहेको छ। चाँदीको मूल्य प्रतिऔंस १९.७१ डलरबाट घटेर १९. ३१ डलर भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell