भक्तपुर : चीनको राष्ट्रिय जनकंग्रेसका स्थायी समितिका अध्यक्ष लि चान्शु भक्तपुर पुगेका छन्। चार दिने भ्रमणमा सोमवार नेपाल आइपुगेका लि बुधवार भक्तपुर घुम्न निस्केका हुन्।
बिहान साढे ९ बजे अध्यक्ष लिसहितको चिनियाँ टोलीले भक्तपुर पुगेर दरबार क्षेत्रको अवलोकन तथा भूकम्पपछिको पुनर्निर्माण कार्यको जानकारी लिएका छन्।
उनले बुधवार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ। दिउँसो ४ बजे अध्यक्ष लिले राष्ट्रपति भण्डारीसँग शितल निवासमा शिष्टाचार भेट गर्ने कार्यतालिका बनेको छ।
लिले मंगलवार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले) अध्यक्ष केपी ओली, नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेताहरुसँग भेट गरेका थिए।
लि भोलि बिहीवार बिहान ८:३० बजे स्वदेश प्रस्थान गर्ने कार्यक्रम रहेको छ।