PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

डेंगु फैलिँदैछ, देशमा स्वास्थ्य मन्त्रालय नभएको जस्तो भयो : प्रेम सुवाल



पहिलोपोस्ट

डेंगु फैलिँदैछ, देशमा स्वास्थ्य मन्त्रालय नभएको जस्तो भयो : प्रेम सुवाल

काठमाडौं : नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले डेङ्गु रोगले जनता पीडित रहेको अवस्थामा यसलाई नियन्त्रण गर्न सरकारले के काम गरिरहेको छ भनेर प्रश्न गरेका छन्। आजको प्रतिनिधिसभा बैठकमा उनले स्वास्थ्य मन्त्रीले डेंगु प्रकोप र नियन्त्रण प्रयासबारे सदनलाई जानकारी गराउनपर्ने माग गरेका हुन्।

‘कोरोना पछि डेंगु रोगले जनता एकदमै पीडित छन। अस्पतालहरुमा शैय्याको अभावछ । स्वास्थ्यमन्त्रीज्यूले के छ देशका स्थिति यो त महामारीको रुपमा फैलिँदै छ। र, स्वास्थ्य मन्त्रालय नभएको जस्तो भयो। स्वास्थ्य मन्त्रालयका लागि त बजेट धेरै छुट्टयाइएकै हो। तर स्वास्थ्य मन्त्रालयको प्रभावकारिता देखिएन, मन्त्रीज्यूको नेतृत्व देखिएन। यसबारे सदनमा मन्त्रीज्यूलाई तत्काल बोल्ने व्यवस्थाका लागि म सभामुख महोदयसँग आग्रह गर्न चाहन्छु। जनताको मृत्यु भईरहेको छ डेंगुको कारण,’ उनले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell