PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

संसद्को पदावधि सकिए पनि महाभियोग मर्दैन, अर्को संसद्ले फैसला गर्छ : शम्भु थापा



पहिलोपोस्ट

संसद्को पदावधि सकिए पनि महाभियोग मर्दैन, अर्को संसद्ले फैसला गर्छ : शम्भु थापा

काठमाडौं : वरिष्ठ अधिवक्ता शम्भु थापाले संसद्को पदावधि सकिएपनि महाभियोग नमर्ने बताएका छन्। संसद्मा महाभियोग लागेर निलम्बनमा रहेका प्रधान न्यायाधीश चोलेन्द्र समशेर जबराले लगाएका आरोपको जवाफ दिन पूर्व न्यायाधीश फोरमले गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।

उनले संसद्को अवधि सकिएपछि पनि अर्को संसद्ले यसको फैसला गर्न सक्ने उनको दाबी थियो। महाभियोग संसद्मा दर्ता भइसकेपछि नमर्ने भन्दै उनले संसद् पुरै मार्ने षड्यन्त्र भइरहेको समेत बताए।

‘हिजो क्यापिटल हिलमा आक्रमण हुँदा ट्रम्प राष्ट्रपति थिए। उनीमाथि महाअभियोग लाग्यो। उनी रिटायर भए। अझै पनि बहस छ उनले पुन: राष्ट्रपतिको चुनाव लड्न पाउने कि नपाउने, राष्ट्रपतिको सुविधा पाउने कि नपाउने भन्ने प्रश्न अझै छ’, उनले भने, ‘यो प्रस्ताव राजनीतिक होइन नि फौजदारी आरोप गएर त्यहाँ बसेको छ नि। मुद्दा कहिल्यै मर्दैन।’

उनले संसदीय समितिले आफूलाई पनि बोलाएको भन्दै गएर जवाफ दिने बताए। भने, ‘म पनि ठालू वकिल भित्र परेको छु। मलाई पनि बोलाएका छन्। गएर जवाफ दिउँला।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell