PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

शीतल निवास पुगे लि, राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता



पहिलोपोस्ट

शीतल निवास पुगे लि, राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीसँग चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष लि चान्शुसँग शिष्टाचार भेटवार्ता भएको छ। राष्ट्रपति भण्डारीसँग आज अपराह्न ४ बजे राष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता भएको हो।

आज बिहान चिनियाँ नेता लि नेतृत्वको प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरूको अवलोकन र निरीक्षण गरेको थियो। सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष लि सोमबार विशेष विमानबाट काठमाडौँ आइपुगेका थिए।

भ्रमणको पहिलो दिन सभामुख सापकोटा र अध्यक्ष लिले संसद् भवन नयाँ बानेश्वरमा संसदीय प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी ६ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। अध्यक्ष लि भ्रमणको दोस्रो दिन मङ्गलबार विभिन्न उच्चस्तरीय भेटवार्तामा व्यस्त रहेका थिए।

प्रधानमन्त्री शेरबहादुर देउवासँग उनले मंगलबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका थिए। प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा उनीहरुबीच द्विपक्षीय व्यापार, लगानी, कनेक्टिभिटी, चीनमा अध्ययनरत नेपाली विद्यार्थीको अध्ययन निरन्तरताका लागि फिर्ता, यात्रु उडान सञ्चालन गर्ने, सीमा बन्दरगाह खोल्नेलगायतका आपसी हितका विविध विषयमा छलफल भएको थियो।

अध्यक्ष लि भ्रमण सम्पन्न गरि बिहीबार बिहान स्वदेश फर्कने कार्यक्रम छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell