
काठमाडौं : पछिल्लो २४ घण्टामा थप १ सय १९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ४ हजार ८४ जनामा परीक्षण गर्दा १ सय १९ जनामा संक्रमण देखिएको हो।
१ हजार ९५५ पीसीआर परीक्षण गरिएकोमध्ये ८९ जनामा र २ हजार १२९ एन्टीजेन परीक्षण गरिएकोमा ३० जनामा संक्रमण देखिएको हो।
त्यस्तै, सोही अवधिमा १३० जना संक्रमण मुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या २ हजार १ सय ९१ रहेको छ।
स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण बढेकाले सबैलाई स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ।