PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

राप्रपा नेपालले पारित गर्‍यो प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषणापत्र



पहिलोपोस्ट

राप्रपा नेपालले पारित गर्‍यो प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषणापत्र
फाइल फोटो।

काठमाडौं : राप्रपा नेपालको केन्द्रीय सचिवालयको बैठकले उपाध्यक्ष डा विष्णु भण्डारीद्वारा प्रस्तुत प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणापत्र परिमार्जनसहित पारित गरेको छ। अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो।

त्यस्तै, आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि प्रदेश तथा जिल्लाहरूबाट प्राप्त उम्मेदवारहरूको नामावली सचिवालयले बैठकमा पेश गरेको थियो। उक्त नामावलीलाई अध्ययन गरी संसदीय बोर्डले भाद्र मसान्तसम्म उम्मेदवारको अन्तिम नामावली छनौट गर्ने निर्णय गरेको राप्रपा नेपालले जनाएको छ।

त्यसैगरी, आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन (प्रत्यक्ष) मा सकेसम्म पार्टीका पदाधिकारी तथा वरिष्ठ नेताहरूले उम्मेदवारी दिने निर्णय समेत बैठकले गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell