PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

बाल प्रज्ञा-प्रतिष्ठान स्थापना गर्नुपर्छ : राष्ट्रपति भण्डारी



रासस

बाल प्रज्ञा-प्रतिष्ठान स्थापना गर्नुपर्छ : राष्ट्रपति भण्डारी
फाइल फोटो

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले बालसाहित्यको जगेर्ना गर्नका लागि बाल प्रज्ञा–प्रतिष्ठान स्थापना गर्नुपर्ने बताएकी छिन्। राष्ट्रपति भवन शीतल निवासका ५८ औँ राष्ट्रिय बालदिवसका अवसरमा आयोजित कार्यक्रममा भण्डारीले बाल साहित्यसम्बन्धी छुट्टै बाल प्रज्ञा–प्रतिष्ठान बनाउने प्रक्रिया अघि बढाइएको जानकारी दिइन्।

राष्ट्रपति भण्डारीले बाल प्रज्ञा–प्रतिष्ठान स्थापनका लागि नेपाल बाल सङ्गठनलगायत बालबालिकाका क्षेत्रमा काम गर्नेसँग छलफल भइरहेको उल्लेख गरिन्। आफ्नो कार्यक्षेत्रअनुसार बालबालिकाको क्षमता अभिवृद्धिमा सबैले ध्यान दिनुपर्ने भण्डारीको भनाइ छ। 'बालिबालिकाको आफ्नो क्षेत्र र दृष्टिकोण पनि फरक हुने गर्दछन् र सोहीअनुसार बालबालिकाको क्षमता अभिवृद्धिमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलगायतका अरु पनि सङ्घसंस्था ध्यान दिनुपर्छ', राष्ट्रपति भण्डारीले भनिन्।

उनले बालबालिकामा भएको सिर्जनालाई व्यवहारमा प्रयोग गर्न सहयोग गर्नुपर्नेसमेत बताइन्। कार्यक्रममा राष्ट्रपति भण्डारीले बालबालिकाले प्रस्तुत गरेका साहित्य सिर्जना अवलोकन गरेकी थिइन्। भण्डारीले आज केही बालबालिकाले प्रस्तुति गर्न नपाएको भन्दै अर्को पटक राम्रो तयारी गरेर उत्कृष्ट प्रस्तुति गर्न आग्रह गरिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell