PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

सरकारले सुरक्षा दिन नसक्ने भनेपछि सर्‍यो नेपाल टी-२० लिग



पहिलोपोस्ट

सरकारले सुरक्षा दिन नसक्ने भनेपछि सर्‍यो नेपाल टी-२० लिग
फाइल फोटो: क्यान

काठमाडौंः सरकारले सुरक्षा दिन नसक्ने जनाएपछि नेपाल टी–२० लिग सारिएको छ। नेपकल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको फ्रेन्चाइज लिगमा ६ टोलीको सहभागिता निश्चित भएको थियो। यस्तै, ३३ जना विदेशी खेलाडी समेत सहभागी हुन जनाइएको थियो ।

असोज ८ गतेदेखि कात्तिक ५ गतेसम्म खेल हुने तय भएको थियो।

गृह मन्त्रालयले निर्वाचनका कारण सुरक्षा दिन नसक्ने जानकारी बुधबार क्यानलाई गराएसँगै प्रतियोगिता स्थगित गरेको विज्ञप्तिमार्फत जनाइएको छ। डिसेम्बरका लागि नयाँ खेल तालिका प्रस्ताव गरिएको छ।

पहिलो संस्करणका रुपमा हुन लागेको फ्रेन्चाइज लिगमा काठमाडौं गोर्खाज, पोखरा एभेन्जर्स, विराटनगर सुपर किंग्स, विराटनगर रोयल्स, लुम्बिनी अल स्टार्स र फार वेस्टर्न युनाइटेडको सहभागिता हुने तय भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell