PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

साफ यु-१७ फुटबलको फाइनलमा नेपाल ४-० ले पराजित, उपाधि यात्रामा भारत फेरि बन्यो बाधक



पहिलोपोस्ट

साफ यु-१७ फुटबलको फाइनलमा नेपाल ४-० ले पराजित, उपाधि यात्रामा भारत फेरि बन्यो बाधक

काठमाडौंः साफ यु-१७ च्याम्पियनसिपमा नेपाल भारतसँग फेरि पराजित भएको छ। श्रीलंकाको कोलम्बोस्थित रेसकोर्स स्टेडियममा बुधबार साँझ भएको खेलमा नेपाल ४-० गोल अन्तरले पराजित भएको हो।

नेपाल पहिलो हाफमा २-० ले पछि परेको थियो। बाँकी २ गोल दोस्रो हाफमा खाएको थियो। खेलको ३८औँ मिनेटमा नै नेपाल १० खेलाडीमा सीमित भएको थियो। कप्तान प्रशान्त लक्समले रातो कार्ड पाएका थिए।

समूह चरणमा भारतलाई ३-१ गोल अन्तरले हराएको नेपाल फाइनलमा ४-० ले हारेको हो।

योसँगै नेपाल भारतसँग चौथो पटक फाइनलमा पराजित भएको हो। यसअघि नेपाल सन् २०१३, २०१७ र २०१९ मा पनि भारतसँग पराजित भएको थियो।

नेपाल प्रतियोगिताको समूह बी'मा भारत र भुटानलाई हराउँदै समूह विजेता बनेर सेमिफाइनल प्रवेश गरेको थियो। नेपालले भुटानसँग २-१ र भारतसँग ३-१ गोलले जित निकालेको थियो। भारत समूह बी'कै उपविजेता बन्दै सेमिफाइनलको यात्रा तय गरेको थियो।

सेमिफाइनलमा भारतले बंगलादेशलाई २-१ गोलले तथा नेपालले श्रीलंकालाई ६-० गोलले हराएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell