PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

माओवादी `रिभाइभ´ हुने प्रचण्डको दाबी : जनता देशको चाबी हामीलाई दिन चाहन्छन्



पहिलोपोस्ट

माओवादी `रिभाइभ´ हुने प्रचण्डको दाबी : जनता देशको चाबी हामीलाई दिन चाहन्छन्

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचनमार्फत जनताले देशको चाबी माओवादीलाई दिएको बताएका छन्। पोस्टबहादुर बोगटीको स्मृति सभालाई सम्बोधन गर्दै प्रचण्डले तेस्रो भएर पनि माओवादी निर्णायक भएको बताए।
'हामी तेस्रो हुदाँहुदै पनि निर्णायका भएका छौं। स्थानीय तह निर्वाचनमार्फत जनताले चाबी हामीलाई दिएका छन्,' प्रचण्डले भने। 

माओवादी पार्टी कमजोर हुँदा उपलब्धि उल्ट्याउने प्रयास हुन सक्ने उनले बताए। उनले माओवादी केन्द्र रिभाइभ हुने सम्भावना बढेको बताए। उनले प्रदेश तथा प्रतिनिधि सभाको चुनावमार्फत देशको चाबी माओवादीलाई दिने दाबी गरे। 'देश पोहोर साल झण्डै दुर्घटनामा जाने खतरामा थियो। माओवादी पार्टी बलियो हुन जरुरी छ। माओवादी पार्टी पुरै रिभाइभ हुने सम्भावना छ। जनता माओवादीको हातमा देशको चाबि दिन चाहन्छन्,' प्रचण्डको भनाइ छ। 

उनले माओवादीका उम्मेदवारलाई चुनावमा हराउनु माओवादी केन्द्रलाई नै हराउनु भएकाले उम्मेदवारलाई जिताउनैपर्ने दबाव भएको बताए। 'पार्टीले विधिसंगत ढंगले उम्मेदवार खडा गरिसकेपछि त्यो पार्टी हुन्छ। यति सानो कुरो सबैले बुझिदिने हो भने माओवादी देशको पहिलो कम्युनिस्ट हुने कुरा मजबुद छ,' उनले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell