PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

आयुष्मान र राकुल अभिनित फिल्म ‘डाक्टर जी’ १४ अक्टोबरमा रिलिज हुने



पहिलोपोस्ट

आयुष्मान र राकुल अभिनित फिल्म ‘डाक्टर जी’ १४ अक्टोबरमा रिलिज हुने

आयुष्मान खुराना अभिनित फिल्म ‘डाक्टर जी’को प्रदर्शन मिति तय भएको छ। यो फिल्म आगामी १४ अक्टोबर २०२२ मा रिलिज हुने भारतीय मिडियाले उल्लेख गरेका छन्।

यस फिल्ममा आयुष्मान डाक्टरको भूमिकामा देखिनेछन्। अनुभूति कश्यपले निर्देशन गरेको यो फिल्मको कथा समित सक्सेना, विशाल वाघ र सौरभले लेखेका हुन्। कमेडी जनराको यस फिल्मदे मेडिकल व्यवसायको कथा बोल्नेछ।

फिल्ममा आयुष्मानको जोडीको रुपमा अभिनेत्री राकुल प्रीत सिंह देखिएकी छिन्। राकुल र आयुष्मानले पहिलो पटक एकसाथ चलचित्रमा काम गरेका हुन्। अक्टोबर महिनाको अन्त्यतिर राकुल अभिनिति ‘थ्याङ्क गड’ पनि रिलिज हुँदैछ।

‘डाक्टर जी’लाई जंगली पिक्चर्सले निर्माण गरेको हो। यस ब्यानरसँग आयुष्मानको तेस्रो सहकार्य हो। यसअघि आयुष्मान र जंगली पिक्चर्सको सहकार्यमा तयार भएको ‘बरेली कि वर्फी’ र ‘बधाई हो’ हिट भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell