PahiloPost

Jun 4, 2025 | २२ जेठ २०८२

सुनको मूल्य तेस्रो दिन पनि घट्यो, अब तोलाको ९२ हजार ८ सय रुपैयाँ



पहिलोपोस्ट

सुनको मूल्य तेस्रो दिन पनि घट्यो, अब तोलाको ९२ हजार ८ सय रुपैयाँ

काठमाडौं : तीन दिनदेखि सुनको मूल्य क्रमिक घट्न थालेको छ। बिहीवार सुन तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधवार तोलामा ७ सय रुपैयाँले घटेर सुन  प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य बिहीवार तोलामा ५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला एक हजार एक सय ८० रुपैयाँ कायम भएको छ। बुधवार चाँदी तोलामा १० रुपैयाँले घट्दै प्रतितोला एक हजार एक सय ७५ रुपैयाँमा थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार घट्दा यसको प्रभाव स्थानीय बजारमा परेको छ। बिहीवार सुन प्रतिऔंस १६८८.१२ डलर र चाँदी प्रतिऔंस १९.४६ डलरमा कारोबार भइरहेको छ।

बुधवार सुन प्रतिऔंस १७ सय डलर र चाँदी प्रतिऔंस  १९. ३१ डलर थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell