PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

म्यादी प्रहरीमा युवाको आकर्षण : आवेदन दिन बिहानैदेखि प्रहरी कार्यालयमा लाइन

म्यादी प्रहरीमा युवाको आकर्षण : आवेदन दिन बिहानैदेखि प्रहरी कार्यालयमा लाइन

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : आजबाट म्यादी प्रहरीको लागि आवेदन दिन सकिने भएपछि प्रहरी कार्यालयमा युवाहरुको भीड लागेको छ। जिल्ला प्रहरी परिसर काठमाडौं, टेकुमा बिहानैदेखि युवाहरु लाइन बसेर फारम भरिरहेका छन्।

नेपाल प्रहरी प्रधान कार्यालयले १ लाख १५ हजार म्यादी प्रहरीका लागि आवेदन खुलाएको छ। मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा चुनाव सुरक्षाका लागि आवेदन खुलाएको हो।

१८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले म्यादी प्रहरी जागिरका लागि आवेदन दिन पाउनेछन्। प्रहरीका लागि यसअघि नै म्यादी प्रहरी भैसकेका व्यक्तिले प्रमुख प्राथिकता पाउनेछन्। यस्तै पूर्व प्रहरी, सशस्त्र र नेपाली सेनालाई समेत प्राथमिकतामा राखिएको छ।कार्यालयका अनुसार असोज १४ गतेसम्म आवेदन दिइसक्नु पर्नेछ। दरखास्त फारम देशका सबै प्रहरी कार्यालयहरुमा पाइनेछ।

सेवा सुविधाको हकमा म्यादी प्रहरीका लागि प्रतिदिन ८ सय ६९ रुपैयाँ पारिश्रमिक तोकिएको छ। जसमा ४० दिनको कुल ३४ हजार ७ सय ६० प्राप्त गर्नेछन्।

यस्तै, खाद्यान्नका लागि ७२ सय र पोसाकका लागि ७ हजार खर्च उपलब्ध हुनेछ। एक म्यादी प्रहरी बराबर ४८ हजार ९ सय ६० रुपैयाँ खर्च हुनेछ।

यसरी सरकारले कुल म्यादी प्रहरीका लागि ५ अर्ब ६३ करोड ४ लाख रुपैयाँ खर्च गर्नेछ। यसअघि नै अर्थ मन्त्रालयले १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न स्वीकृति दिएको थियो।

आवेदन दिन महिलाहरु पनि उतिकै सङ्ख्यामा पुगेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell