PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

वाग्मती नदी किनारका अव्यवस्थित बस्तीहरुको दीर्घकालीन समस्या समाधान गर्न लागिरहेको छु : सिंह



पहिलोपोस्ट

वाग्मती नदी किनारका अव्यवस्थित बस्तीहरुको दीर्घकालीन समस्या समाधान गर्न लागिरहेको छु : सिंह
फोटो : न्युज एजेन्सी नेपाल।

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वाग्मती नदी किनारका अव्यवस्थित बस्तीहरुको दीर्घकालीन समस्या समाधान गर्न आफू लागिपरेको बताएका छन्। बिहीवार काठमाडौंमा आयोजित सरोकारवाला निकायसँगको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

नेता सिंहले काठमाडौं जिल्ला भूमि आयोगले थालनी गरेका कामलाई तदारुकताका साथ अघि बढाउन सहयोग गर्नुपर्ने बताएका छ। वाग्मती नदीको किनारका बस्तीहरुको आक्रोश रहेको भन्दै त्यहाँका समस्याको समाधान गरेर नै अघि बढ्नु पर्ने प्रतिवद्धता जनाएका छन्।

तत्कालीन नेकपाको सरकारले संघीय कानुन समयमा नबनाइदिएका कारण अहिले स्थानीय सरकारलाई दिनुपर्ने अधिकार केन्द्रबाट नै हुने गरेको उनले बताए।

उनले तत्कालीन नेकपाको सरकारले नेपालको संविधान, भावना र मर्म अनुसार काम नगरेको र संसद्लाई दुईपटक भंग गरेको कारणले संविधानलाई जोगाउनका लागि गठबन्धनको सरकार बनेको दाबी गरे। गठबन्धन सरकारले देशलाई ठूलो दुर्घटना हुनबाट जोगाएको भन्दै आगामी निर्वाचनबाट देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउन आम मतदाताहरूले विकास गर्ने पार्टी र नेताहरुलाई मतदान गरेर जिताउनुपर्ने उनले बताए।

उनले भने, ‘स्थानीय सरकारलाई दिनुपर्ने अधिकार दिनुपर्छ भनेर जायज आवाज उठेका छन्, यो राजनीतिक कुरा नयाँ संविधान जारी भएपछि कार्यान्वयन गर्ने आदेश पाएका दलले संघीय कानुन समयमा नबनाइदिएको कारण आएको हो। अहिले त तपाईंहरुकै सरकार छ भन्नुहोला। झन्डै दुई तिहाई बहुमत प्राप्त गरेको सरकारले नेपालको संविधान, भावना र मर्म अनुसार काम नगरेको र संसद्लाई दुई पटक भंग गरेको कारणले संविधानलाई जोगाउनको लागि बनेको हो यो गठबन्धन सरकार। देश ठूलो दुर्घटनाबाट जोगाएर ट्र्याकमा लैजाने काम यो सरकारले गरिरहेको छ।’

कार्यक्रममा सरोकारवाला निकायहरु र आम सर्वसाधारणहरूले खानेपानी, विद्युत, सडक, टेलिफोन तारलगायत समस्याको उचित व्यवस्थापन गर्न माग गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell