PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

दशैँ आयो, नयाँ नोट लिन घुँइचो लाग्यो

दशैँ आयो, नयाँ नोट लिन घुँइचो लाग्यो

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाल राष्ट्र बैंकले दशैँका लागि नयाँ नोट सटही गर्न सुरु गरेको छ। राष्ट्र बैंकले काठमाडौं कार्यालयका साथै आफ्नो प्रादेशिक कार्यालयमार्फत बुधवारबाट नयाँ नोट सटही सुरु गरेको हो।

राष्ट्र बैंकले अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई पनि दुई साता अगाडि नै नयाँ नोट उपलब्ध गराइसकेको छ। बैंक तथा वित्तीय संस्थाहरुले भने आफ्नो अनुकूलतामा नयाँ नोट सटही गर्ने छन्।

राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ नोट उपलब्ध गराएको हो। बैंकहरुले प्रति ग्राहक १८ हजार ५०० रुपैयाँसम्म सटही सुविधा उपलब्ध गराउन सक्ने छन्।



ट्रेन्डिङ पोस्ट

Ncell