PahiloPost

May 13, 2024 | ३१ बैशाख २०८१

चुनावी मैदानमा रेखा : यस्ता छन् उनले स्थानीयसँग गरेका ५ बाचा



पहिलोपोस्ट

चुनावी मैदानमा रेखा : यस्ता छन् उनले स्थानीयसँग गरेका ५ बाचा

काठमाडौं : आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि अभिनेत्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापा उम्मेदवार सिफारिस भएकी छिन्।

गृहजिल्ला मोरङ-३ बाट नाम सिफारिस भएसँगै रेखालाई चुनाव लागिसकेको छ। उनी यतिबेला चुनावी तयारीका लागि मोरङमै छिन्। उनले वडा स्तरमा गएर कार्यकर्ता भेट्ने र उनीहरुलाई निर्देशन दिने काम गरिरहेकी छन्।

उनले आफू जनताको घरदैलोमा जान बाँकी रहेको बताउँदै भनिन्, ‘यतिबेला कार्यकर्ताहरुसँग भेटघाट गरिरहेको छु। सोही क्रममा केही स्थानीय बुबा-आमा दाजुभाई, दिदीबहिनीहरु सँग पनि भेट भइरहेको छ। घरदैलो भने गरेको हैन। त्यसको छुट्टै कार्यक्रम घोषण गर्छौँ।’

रेखाले महिलाहरुलाई चुलोबाट निकाल्ने र क्षमता अनुसारको सिप सिकाउने बताएकी छिन्। सुकुम्बासीको समस्या समाधानमा गर्नु पनि उनको योजना छ।

मोरङ-३ मा एमालेबाट भानुभक्त ढकाल र कांग्रेसबाट शुनिल शर्माको नाम सर्वसम्मत सिफारिस भएको छ। ढकाल यसअघिको निर्वाचनमा निर्वाचित भएर स्वस्थ्यमन्त्री समेत बनेका थिए। शुनिल शर्मा विराटनगरको नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजका सञ्चालक हुन्।

चुनावी मैदानमा उत्रिएकी थापाले निर्वाचनका लागि स्थानीयसँग गरेका ५ बाचा :

१. बिरामीले विराटनगर जानु नपरोस्, घरपायकमा उपचार होस्

२. उत्तरी मोरङ कृषि, पर्यटन र शिक्षाको हब बनाउने

३. स्थानीय तहसँग सहकार्य, सिंहदरबारसँग संघर्ष गर्ने

४. नमुना बन्छ मोरङ-३, फेरिन्छ अब जनताको दिन

५. आमालाई सम्मान, युवामा आशा : मोरङकी चेली रेखाको बाचा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell