PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

थप १२६ जनामा कोभिड-१९ संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या २ हजार १२९



पहिलोपोस्ट

थप १२६ जनामा कोभिड-१९ संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या २ हजार १२९

काठमाडौं : पछिल्लो २४ घण्टामा थप १ सय २६ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३ हजार ७९० जनामा परीक्षण गर्दा १ सय २६ जनामा संक्रमण देखिएको हो।

१ हजार ६७४ पीसीआर परीक्षण गरिएकोमध्ये ७५ जनामा र २ हजार ११६ एन्टीजेन परीक्षण गरिएकोमा ५१ जनामा संक्रमण देखिएको हो।

त्यस्तै, सोही अवधिमा १३७ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या २ हजार १ सय २९ रहेको छ।

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण बढेकाले सबैलाई स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell