PahiloPost

Jul 16, 2025 | १ साउन २०८२

लालपूर्जा वितरण रोक्न भूमि आयोगलाई निर्देशन, सरकारी कोषबाट हुने वैदेशिक भ्रमण रोकियो



पहिलोपोस्ट

लालपूर्जा वितरण रोक्न भूमि आयोगलाई निर्देशन, सरकारी कोषबाट हुने वैदेशिक भ्रमण रोकियो

काठमाडौंः निर्वाचन आयोगले भूमिहीनहरुलाई लालपूर्जा वितरणमा रोक लगाएको छ। निर्वाचनको स्वच्छता र निष्पक्षता विपरीत हुने भन्दै आयोगले निर्देशन दिएको हो। आयोगले जग्गा वितरणको निवेदन लिने, नापजाँच गर्ने, निस्सा तथा पूर्जा दिने कार्य नगर्न निर्देशन दिएको हो। 

सम्पूर्ण कार्यक्रम स्थगन गरी सोको जानकारी दुई दिनभित्र आयोगलाई गराउन पनि निर्देशनमा भनिएको छ। 

यस्तै, नेपाल सरकारको व्यायभार पर्नेगरि हुने सम्पूर्ण वैदेशिक भ्रमण स्वीकृत नगर्न पनि आयोगले निर्देशन दिएको छ। आयोजक तथा प्रायोजकले खर्च बेहोर्ने हदसम्मका भ्रमणमा भने आयोगले रोक लगाएको छैन। 

नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको कोषबाट खर्च खर्च हुनेगरी कुनै पनि भ्रमण स्वीकृत नगर्न संघ, प्रदेश र सबै स्थानीय तहलाई आयोगले निर्देशन दिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell