PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

वर्ल्ड ट्रेडको होर्डिङ बोर्ड तत्काल नहट्ने, महानगरको अभियानमा अदालत बाधक



पहिलोपोस्ट

वर्ल्ड ट्रेडको होर्डिङ बोर्ड तत्काल नहट्ने, महानगरको अभियानमा अदालत बाधक

काठमाडौंः उच्च अदालत पाटनले त्रिपुरेश्वरस्थित वल्र्ड टे«ड सेन्टरको डिजिटल होर्डिङ बोर्ड यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको छ। निवेदक स्वयमले आफैले निकालेको अवस्थामा बाहेक तत्काललाई निवेदनको अन्तिम टुंगो नलागेसम्म यथास्थितिमा राख्न अदालतले आदेश जारी गरेको हो। 

न्यायाधीशद्वय ध्रुवराज नन्द र महेन्द्रनाथ उपाध्यायको संयुक्त इजलासले आदेश जारी गरेको हो। 

आदेशमा भनिएको छ, ‘निवेदकको लगानी परेको निजको स्वामित्व रहेको विज्ञापनसम्बन्धी सामाग्री प्रसारण गर्ने डिजिटल होर्डिङ बोर्ड लगायतका भौतिक सामाग्रीहरु निवेदकले स्वेच्छाले विपक्षी महानगरपालिकालाई जानकारी दिई लिई गएमा बाहेक अन्य अवस्थामा प्रस्तुत निवेदनको टुंगो नलागेसम्म हाल जे जुन अवस्थामा छ सोही अवस्थामा रहने गरी यथास्थितिमा राख्नु भनी सो हदसम्म विपक्षीहरुको नाममा अन्तरिम आदेश जारी गरिदिएको छ।’ 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell