PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

प्रतिनिधि सभाको बैठक बस्दै



पहिलोपोस्ट

प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं : प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बिहीवार बस्ने भनिएको प्रतिनिधिसभा बैठक आजका लागि सरेको हो। संसद् बैठक बिहीवार अपराह्न १ बजेका लागि बोलाइएको थियो।

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक बस्ने दिन र समय परिवर्तन गरेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

बैठक बिहान ११ बजे शुरु हुने प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell